Main

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा एक जना पक्राउ

२६ कात्तिक, काठमाडौं। कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारी संस्थाको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सहकारीका तत्कालीन ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

उनका अनुसार, स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान अघि बढाउने क्रममा २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

उनीहरुको खोजी भइरहेको छ, त्यसक्रममा लामा पक्राउ परेका हुन् । प्रहरीले यसअघि सहकारीकी लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको हो ।

सहकारीमा राखेको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए।

बागमती प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले पनि स्वर्णलक्ष्मी सहकारीबारे छानबिन गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्र पठाएको थियो ।

यद्यपि, अनुसन्धान अघि बढेको थिएन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button