स्वास्थ्य क्षेत्रमा अरु देशले नगरेका उपलब्धिहरु नेपालले गरिसकेको छ : मन्त्री पौडेल
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संसारमा अरु देशले नगरेका उपलब्धिहरु स्वास्थ्य क्षेत्रमा कतिपय विषयहरु नेपालले गरिसकेको बताएका छन्।
बिहीबार नेपाल हेल्थ कन्क्लेभ २०२४ को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले क्रमिक रुपमा नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख भइ अगाडि बढिरहेको बताएका हुन्।
उनले भने ,‘स्वास्थ्य प्रणाली सुधारका निम्ति थुप्रै विषयहरु छन्। नेपालले संसारमा अरु देशले नगरेका उपलब्धिहरु कति विषयमा गरेको छ। क्रमिक रुपमा सुधारको बाटोतर्फ नेपालको स्वास्थ्य संस्था अगाडि बढिरहेको छ। तर नेपाली जनतालाई अनुभूति गर्नेगरी ,आम नेपालीलाई सेवा प्रदान गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ।’
यसैगरी उनले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गर्नुपर्ने बताए। उनले स्वास्थ्य प्रणाली सुधारका लागि थुप्रै विषयहरु भएपनि नेपाली जनतालाई अनुभूति गर्नेगरी समस्याहरुको पहिचान गर्नुपर्ने बताए।
उनले भने, ‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गर्नुपर्छ। नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउन के कुराले समस्या गर्यो? बाहिर रहेका नेपालीहरु यहीँ जन्मिनुभएको हो। यही प्राथमिक शिक्षा आर्जन गर्नुभएको हो। उहाँहरुको योग्यताको आधार र उत्कृष्ट क्षमता देखाइरहनुभएको छ। आफ्ने मातृभूमिप्रति अघात प्रेम समेटेर भावनामा बोकेर नेपाललाई योगदान गर्न कोसिस गरिरहनुभएको छ। त्यस आधारमा योग्यता, क्षमता र अनुभवले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नको निम्ती कसरी प्रयोग गर्न सकिन्छ? नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउन के कुराले समस्या पुर्यायो? फर्किएर नेपाल आउनका लागि के कुराले समस्या गर्यो? प्राप्त गरेको योग्यता र अनुभवलाई नेपालमा प्रयोग गर्न के कुराले समस्या गरायो त्यो समस्या पहिचान गर्नुपर्छ।’
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।