Main

‘हरिबहादुरको जुत्ता’को शीर्ष अभिनेत्रीमा स्वस्तिमा अनुबन्धित

काठमाडौं । फिल्म ‘हरिबहादुरको जुत्ता’को शीर्ष अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता र खड्काबीच प्रोजेक्टलाई लिएर लिखित सहमति भएको छ ।

हरिवंश आचार्यको चर्चित पात्र हरिबहादुरमाथि आधारित रहेर निर्माण हुन लागेको यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । यसअघि यस फिल्ममा हरिवंश र प्रकाश सपुत फाइनल छन् ।

फिल्मको सहायक भूमिकामा प्रियंका कार्की पनि जोडिएकी छन् । निर्माता सरोज ओलीले माघको दोस्रो सातादेखि काभ्रेमा फिल्मको छायांकन सुरु हुने जानकारी दिए ।

फिल्ममा पटकथा र संवाद हरिवंशकै छ । ‘स्वस्तिमालाई उक्त चरित्र उपयुक्त हुने भएकाले कास्ट गरेका हौं । म्युजिक भिडियो कर्कलो कोक्याउला गर्ने बेलादेखि नै उनलाई हेरेर स्क्रिप्ट लेखेका हौं’ निर्माता ओलीले भने ।

बाँकी कलाकार आइतबारदेखि तय गर्ने निर्माताको योजना छ । एसएम मोसन पिक्चर्स प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

यसअघि निर्देशक खनाल र अभिनेत्री खड्काले ‘लभ लभ लभ’ र ‘चिसो मान्छे’मा सहकार्य गरिसकेका छन् । स्वस्तिमा र सपुतको भने ‘वसन्त’पछिको दोस्रो सहकार्य हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button