Main

‘वर एन्ड वधु’ का लागि सुगठित शरीर बनाएका विवेक

काठमाडौं । ५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको फिल्म ‘वर एन्ड वधु’को काम अघि बढ्ने भएको छ । फिल्मको बाँकी छायांकन नेपालमा गर्ने तयारी छ । निर्देशक मिलन चाम्सका अनुसार चैतको तेस्रो सातादेखि यो फिल्मको छायांकन नेपालमा हुनेछ ।

रोमान्टिक कमेडी कथामा निर्माण भइरहेको फिल्मको शीर्ष भूमिकामा आँचल शर्मा छिन् । फिल्ममा डेब्यु कलाकार विवेक कर्माचार्यसँग उनले अनस्क्रिन रोमान्स गरिरहेकी छन् ।

दोस्रो चरणको छायांकनका लागि विवेकले आफ्नो शरीर समेत सुगठित बनाएका छन् । प्राप्त नयाँ तस्वीरमा उनले चरित्रअनुसार शरीरलाई सुडौल बनाएका छन् ।

कथाको मागअनुसार विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताए । यो फिल्ममा सुदीप बरालको छायांकन छ । अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

फिल्मले नेपाली विवाहको संस्कृतिमा आधारित कथावस्तुलाई देखाउने जनाइएको छ । प्रदर्शन मिति तय छैन । छायांकन सकिएपछि रिलिज मिति पनि तय गर्ने बताइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button