Main

हिमालय रोडिज सिजन ६ को छायांकन सुरु, भदौ तेस्रो सातादेखि प्रसारण

काठमाडौं । तपाईं टिभीको एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ सिजन ६ को पर्खाइमा हुनुहुन्छ भने नयाँ खबर छ । यो प्रतीक्षित शोको छायांकन सुरु भएको छ ।

यसैसाता पर्सनल इन्टरभ्यु (पीआई) राउण्ड)को छायांकन सकिएको छ । यो राउण्डबाट आगामी कलिङ राउण्डका लागि ५३ जना छनोट भएका छन् । यसबाट पनि जर्नी राउण्डका लागि १६ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

बूढानीलकण्ठस्थित मह स्टुडियोमा छायांकन भइरहेको हो । कुल १८ एपिसोडको हुने यो सिजनमा कलिङ र जर्नी राउण्डको छायांकन बाँकी छ । यसपटक ‘वेलकम टु द जंगल’ थिम राखिएको छ र सोहीअनुसार टास्क गरिने भएको छ ।

सम्भवतः चितवनको सौराहा क्षेत्रको जंगलमा आगामी राउण्डको छायांकन हुने जनाइएको छ । यसपटक होस्टमा हेरफेर गरिएको छ । पुरानै होस्ट रेमन श्रेष्ठ होस्टको रुपमा फर्किएका छन् ।

ग्याङ लिडरको रुपमा यसपटक पनि अनुपविक्रम शाही, प्रियंका कार्की, आशिष राना लाउरे र दीया मास्केले निरन्तरता पाएका छन् । भदौ तेस्रो सातादेखि प्रसारण हुने यो कार्यक्रम हरेक सोमबार राति ९ बजे हिमालय टिभीमा आउनेछ ।

पुसमा ग्रान्ड फिनाले हुने तयारी छ । यसपटक पनि शीर्ष प्रायोजकको रुपमा यामाहा रहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button