‘हीरामण्डी’ अभिनेत्री सन्जिदा शेख नेपाल आउँदै

काठमाडौं । पछिल्लो पटक नेटफ्लिक्सको चर्चित सिरिज ‘हीरामण्डी’मा अभिनय गरेकी बलिउड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् ।
साउन २६ गते काठमाडौंमा सौन्दर्य सामग्रीको लन्च कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आउन लागेकी हुन् ।
नयाँ उत्पादन शुभारम्भ गर्न शेखलाई नेपाल ल्याउन लागिएको सौन्दर्य ब्रान्ड ट्रुडर्माका निर्देशक सुशान्त मुरारकाले जानकारी दिए । त्यस अवसरमा अभिनेत्री शेखले आफ्नो स्किन–केयरको अनुभव पनि बाँड्ने जनाइएको छ ।
‘हीरामण्डी’मा सन्जिदा शेखले ‘वाहिदा’ नाम पात्रको भूमिका निर्वाह गरेकी छन् । वाहिदा मल्लिकाजान र रेहाना नामक पात्रकी कान्छी बहिनी हो । मल्लिकाजानको भूमिका मनिषा कोइरालाले निर्वाह गरेकी छन् ।
निर्देशक सञ्जयलीला भन्सालीले ‘हीरामण्डी’को दोस्रो सिजन ल्याउने घोषणा गरिसकेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।