Main

भैरहवा जेलको ब्लक नम्बर ४, जहाँ हुनेछन् रबि एक्लै

भैरहवा। रबि लामिछाने अन्ततः कारागार चलान भएका छन्।

जिल्ला प्रहरी कार्यालयले अदालति प्रकिया पुरा गरे पछि उनी पुर्पक्षका लागि जेल चलान भएका हुन।

अब कम्तिमा मुद्दा नटुंगिएसम्म उनी भैरहवास्थित जेलको ब्लक नम्बर ४ मा रहनेछन्, जहाँ उनी एक्लै जस्तै हुनेछन्।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार ब्लक नम्बर ४ मा छिर्नु अघि कम्तिमा १ घण्टासम्म लामिछानेको स्वास्थ्य परीक्षण पूरा गरिएको थियो भने त्यसपछि मात्रै लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको हो।

‘उहाँको स्वास्थ्य अवस्था नर्मल नै देखिएको छ,’ उनले भने, ‘त्यसपछि उहाँलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं, अहिले उक्त ब्लकमा उहाँमात्रै थुनुवाको रूपमा रहनु हुनेछ।’ उनका अनुसार लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button