Main

१० करोडभन्दा बढी ठगी गरेको आरोपमा ‘सी स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै १० करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक लालबहादुर लामालाई पक्राउ गरेको हो।

पीडितहरुको उजुरीपछि ललितपुर, कोन्ज्योसोम गाउँपालिका-१ का ४७ वर्षीय लामालाई सोमबार मीनभवनबाट पक्राउ गरिएको हो।

उनले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामालगायतलाई लिथुवानिया, क्यानडा, सिंगापुर जस्ता देशमा पठाउने भन्दै ५ लेखि १५ लाखसम्म लिएका थिए।

रकम लिएर वैदेशिक रोजगारमा नपठाएको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएका थिए। त्यसपछि पीडितहरुले आफूहरु ठगिएको थाहा पाएर वैदेशिक रोजगार विभागमा निवेदन दिएको थिए। सोही आधारमा उनलाई शंखमुलबाट पक्राउ गरिएको हो।

उनले धेरै बेरोजगार युवाहरुबाट १० करोड भन्दा बढी रकम उठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लामाको ट्रेनिङ सेन्टरबाट ९९७ राहदानीसमेत बरामद भएको छ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको छ।

 

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button