Main

१२ वर्षपछि ओलम्पिक महिला फुटबलमा अमेरिकालाई स्वर्ण

२७ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको स्वर्ण अमेरिकाले जितेको छ ।

शनिबार राति भएको प्रतिस्पर्धात्मक  फाइनलमा ब्राजिललाई १-० ले हराउँदै अमेरिकाले १२ वर्षपछि महिला फुटबलमा स्वर्ण पदक जितेको हो ।

यसअघि अमेरिकाले सन् २०१२ को लण्डन ओलम्पिकम स्वर्ण जितेको थियो । यस्तै समग्रमा अमेरिकाको यो पाँचौ स्वर्ण हो ।

अमेरिकाले यसअघि यसअघि सन् १९९६, २००४, २००८ र २०१२  स्वर्ण जितेको थियो ।

पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा अमेरिकाका लागि मेलोरी स्वानसले ५७औं मिनेटमा निर्णायक गोल गरिन् ।

विश्व विजेता स्पेनलाई हराउँदै जर्मनीले कांस्य जितिसकेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button