Main

सत्ता गठबन्धनले एमालेसँग प्रस्ताव माग्ने

१८ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा एमालेले चाहेको के हो बुझ्ने बताएका छन् ।

सत्तारुढ गठबनधनका चार दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई शुन्य नबनाउन  एमाले नेताहरुले आग्रह गरेको सुनाएका थिए ।

‘एमालेको प्रस्ताव के हो ? माग के हो त्यो क्लियर आओस् । त्यसपछि कुरा गर्न सजिलो हुन्छ भन्ने भएको छ’, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ।

चार दलको बैठक लगतै एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेर छलफल गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button