Main

१८३ स्टार्टअपलाई सहुलियत कर्जा (सूचीसहित)  

२७ जेठ, काठमाडौं । सरकार मातहतमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले उद्यम कर्जा प्रवाह गर्न १८३ वटा स्टार्टअपलाई छानेको छ ।

प्रतिष्ठानका अनुसार योग्य प्रस्तावकको सूचीमा परेका ३९४ वटा परियोजनाबाट  १८३ वटा स्टार्टअप छानेको हो ।

प्रस्तुतीकरणको ढाँचा, फोटो र भिडियो सहित उल्लेख गरेर  स्टार्टअप उद्यम कर्जाका लागि  निवदेन माग गरेको थियो ।

प्रस्तुतीकरणमा ३३५ वटा परियोजना प्रस्तावकहरूले प्रस्तुतीकरण गरेपनि  प्रस्तावकहरूको फोटो, भिडियो, वित्तीय तथा अन्य विवरण, प्रस्तुतीकरण र प्रश्नोत्तरलाई समेत आधार मानी मूल्यांकन समितिले अन्तिम सूची प्रकाशित गरेको हो ।

प्रस्तुतीकरणमा उपस्थित भएका प्रस्तावकहरूको मूल्यांकन समितिको औसत अंकभार र क्रेडिट प्राइज गरी प्राप्त भएको अंकभार जोडी कुल अंकभार निकालिएको प्रतिष्ठानले जनाएको छ ।

कुल अंकभारलाई आधार लिई ५० प्रतिशतभन्दा बढी अंकभार प्राप्त गर्ने प्रस्तावकको प्राथमिकताको आधारमा अन्तिम सूची सार्वजनिक गरिएको प्रतिष्ठानले जनाएको छ ।

हेर्नुहोस् सूची :



– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button