Main

२०७२ सालको भूकम्पले पुर्‍याएको क्षतिको सम्झनामा फोटो प्रदर्शनी

काठमाडौं । २०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको बुधबार नौ वर्ष पूरा भएको छ । यसै सन्दर्भमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउन खानी तथा भूगर्भ विभागले फोटो प्रदर्शनी आयोजना गरेको छ ।

बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ८ हजार ९ सय ७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए ।

खानी तथा भूगर्भ विभागको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारहरूको संस्था ‘संवाहिका समाज नेपाल’को सहआयोजनामा फोटो प्रदर्शनी भएको हो । प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए ।

प्रदर्शनीमा २०७२ को शक्तिशाली भूकम्प र २०८० सालमा जाजरकोट लगायतका स्थानमा गएको भूकम्पबाट भएको क्षति तथा समाज र भूगोलमा आएका परिवर्तनका दृश्यहरू समावेश गरिएका फोटो राखिएको छ ।

तस्वीर

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button