Main

जुम्लाको स्याउ तम्घास बजारमा

१७ असोज, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा पहिलोपटक जुम्लाको स्याउ बिक्रीका लागि ल्याइएको छ ।

जुम्लाको सिंजा गाउँपालिका विभिन्न ठाउँबाट व्यवसायीले तम्घास बजारमा जुम्लाको स्याउ बिक्रीका लागि ल्याएका हुन् । सदरमुकाम तम्घासबाट स्याउ बिक्री भइरहेको छ ।

मोटरबाटो पुगेकाले अहिले जुम्लाको स्याउ धेरै ठाउँमा पुगेको छ ।

सुरुआती चरण भएकाले ३० क्विन्टल स्याउ गुल्मीमा ल्याएको व्यवसायी जगतबहादुर शाहीले बताए । केही दिनमै १० क्विन्टल बिक्री भइसकेको छ । शाहीसँगै अरु थप व्यवसायीहरू पनि छन् ।

जुम्लामा प्रतिकेजी ५० देखि ८० रुपियाँ पर्ने स्याउ यहाँ २०० रुपैयाँसम्म पर्छ । ढुवानी खर्च धेरै पर्ने भएकोले स्याउ महँगोमा बेच्नु परेको व्यवसायी बताउँछन् ।

मागअनुसार थप स्याउने ल्याउने तयारी व्यवसायीको छ । जुम्लाका बगैंचाबाटै संकलन गरी गुल्मी ल्याएर यसरी पहिलोपटक स्याउन बेचेको व्यवसायीको भनाइ छ ।

स्वादिलो र अर्गानिक भएकाले जुम्लाको स्याउ प्रख्यात मानिन्छ । तर, ढुवानी समस्या हुँदा सबै ठाउँमा पुग्न सकेको छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button