Main
३ बजे बोलाइएको कांग्रेस बैठक अझै सुरू भएन

२० चैत, काठमाडौं । अपराह्न ३ बजेका लागि बोलाइएको नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक अझै सुरू हुन सकेको छैन ।
सभापति शेरबहादुर देउवा पदाधिकारी सहितको बैठकमा भएका कारण कार्य सम्पादन समितिको बैठक सुरू हुन नसकेको हो ।
समयमा कार्य सम्पादन समितिको बैठक सुरू नभएपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, डा. नारायण खडका, रमेश रिजाललगायत नेता बाहिरिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।