Main

सिजनको अन्त्यमा टुचालले बायर्न म्युनिख छाड्ने

९ फागुन, काठमाडौं । बायर्न म्युनिखका प्रशिक्षक थोमस टुचालले सिजनको अन्त्यमा क्लब छोड्ने भएका छन् ।

५० वर्षीय टुचेल २०२३ मार्चमा बायर्नको प्रशिक्षक बनेका थिए र उनको सम्झौता जुन २०२५ सम्म छ ।

तर बायर्नले नयाँ सिजन २०२४/२०२५ नयाँ प्रशिक्षकका साथ सुरु गर्न चाहेपछि टुचेल क्लब छाड्न सहमत भएका हुन् ।

टुचालले गत सिजन बायर्नलाई बुन्डेसलिगाको उपाधि दिलाएका थिए । तर यो सिजन बायर्न, लिग लिडर बायर्न लेभरकुसनभन्दा ८ अकं पछाडि छन् । प्रशिक्षक टुचालले भनेका छन्, ‘यो सिजनपछि हामीले छोड्ने छौं । त्यसबेलासम्म मेरो प्रशिक्षक टिम र मैले अधिक सलफताका लागि प्रयास गर्नेर्छौं ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button