Main
४ फागुनमा गण्डकीको स्थापना दिवस, प्रदेशभरि बिदा

२ फागुन, पोखरा । गण्डकी प्रदेशले स्थापना दिवसमा ४ फागुनमा सार्वजनिक बिदा बिएको छ । प्रदेश स्थापना दिवस फागुन ४ गते गण्डकीले सार्वजनिक बिदा दिएको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले बताए । गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा लागू हुने ढकालको भनाइ छ ।
२०७४ फागुन ४ गते नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । त्यसै दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।