५० अग्रणी महिलाको सम्मानमा ‘सेलिव्रेटरी नेटवर्किङ इभेन्ट’ आयोजना

काठमाडौं । विभिन्न क्षेत्रमा योगदान पुर्याउने ५० अग्रणी नेपाली महिलाको सहभागितामा अमेरिकी दूतावासले बुधबार ‘सेलिव्रेटरी नेटवर्किङ इभेन्ट’को आयोजना गर्यो ।
समारोहमा बोल्दै दूतावास प्रवक्ता जेहरा नकवीले एकअर्कालाई सम्मान गर्न, आपसमा जोडिन, अवसर सिर्जना गर्न, एकअर्काको यात्रा बारेमा जान्न र सबैलाई मद्दत गर्न उक्त कार्यक्रम महत्वपूर्ण हुने बताइन् ।
‘यी कार्यले हामीलाई विविधता, समावेशीकरण, समानता र पहुँचतर्फ अघि बढ्न प्रेरित गर्छन्’ प्रवक्ता नकवीले भनिन्, ‘तपाईंहरु सबैजना यहाँ हुनुहुन्छ किनभने तपाईंले कसैलाई आफू कति माथि र अघि जानसक्नुहुन्छ भनेर परिभाषित गर्ने मौका दिनुभएन । आफ्नो आवाजलाई आफू र अरुको लागि, सहि काम गर्नको लागि प्रयोग गर्नुभयो । अप्ठ्यारो बाटो रोज्नुभयो र व्यक्तिगत त्याग पनि गर्नुभयो ।’
प्रवक्ता नकवीले उपस्थिती अग्रणी महिलालाई प्रेरणादायी रोल मोडेल भन्दै प्रशंसा गरिन् । ‘ तपाईं प्रेरणादायी हुनुहुन्छ, तपाईं युवा र वृद्ध, केटा र केटी, पुरुष र महिलाका लागि रोल मोडेल हुनुहुन्छ किनभने तपाईं लगनशील हुनुहुन्छ’ उनले भनिन्, ‘म चाहन्छु कि हामीले यति धेरै धैर्य गर्नुपर्दैन । तर हामीलाई थाहा छ कि अझै धेरै गर्न बाँकी छ र हामीले अझै पूरा गरेका छैनौं ।’
कार्यक्रममा पहिलो नेपाली परराष्ट्र सचिव सेवा लम्साल विशेष अतिथिको रुपमा उपस्थित थिइन् । सहभागि महिलालाई अमेरिकी राजदूत नील डीन आर थोम्पसनले भिडियोमार्फत सम्बोधन गरेका थिए ।
कार्यक्रमको आकर्षणको रुपमा ‘प्रशंसाको पर्खाल’ पनि थियो जहाँ सहभागिको तस्वीर र नाम झुण्डाइएको थियो । तल रातो खाम पनि राखिएको थियो । अतिथिलाई आफूलाई सबैभन्दा मनपर्ने अतिथिबारे केही लेखेर खाममा नोट राख्न भनिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।