Main

५६औं राष्ट्रिय कराँते प्रतियोगितामा बागमती टिम च्याम्पियन

२४ जेठ, काठमाडौं । बागमती प्रदेशले ५६औं राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि जितेको छ । १५ स्वर्ण, ८ रजत र १० कास्य जित्दै बागमती समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल कराँते महासंघको आयोजनामा सातदोबाटोस्थित कराँते हलमा भएको प्रतियोगितामा १५ स्वर्ण, २ रजत र ३ कास्यसाथ नेपाल प्रहरी दोस्रो भयो । तेस्रो स्थानको कोशी प्रदेशले ११ स्वर्ण हात पार्‍यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक महासंघका अध्यक्ष युवराज लामालगायतले पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा सातै प्रदेश, प्रहरी, नेपाल आर्मी, एपीएफ र विभागीय टोलीमा आबद्ध खेलाडी बाहेकको राष्ट्रिय टिमका करिब ५ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button