Main
५ देशका नवनियुक्त राजदूतले लिए शपथ
काठमाडौं। विभिन्न पाँच देशका नवनियुक्त राजदूतहरू पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच उनीहरूलाई शपथ गराएका हुन्।
पोर्चुगलका लागि प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल, मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिना, डेनमार्कका सुम्निमा तुलाधरले नेपाली राजदूत पदकाे शपथ लिएका हुन्।
साे अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।