Main

६ कम्पनीको सेयर मूल्य ५२ साताकै न्यून विन्दुमा

१० फागुन, काठमाडौं । ६ कम्पनीको सेयर मूल्य ५२ साताकै न्यून विन्दुमा झरेको छ । बुधबार बजारमा कारोबार भइरहँदा यी ६ कम्पनीको मूल्य ५२ साताकै न्यून विन्दुमा छ । कारोबार भइरहँदा यी कम्पनीको न्यूनतम मूल्य केही तल देखिए पनि कारोबार बन्द हुँदा कायम भएको मूल्य भने ५२ साताकै न्यूनतम हो।

५२ साताकै न्यूनतम मूल्यमा झरेका कम्पनीमा ५ वटा वाणिज्य बैंक र एउटा जीवन बीमा कम्पनी छ । वाणिज्य बैंकहरुको बैंकिङ सूचक नै करिब ४३ महिनायताकै न्यून विन्दुमा झरेको । जसले गर्दा यी ५ बैंकको मूल्य ४३ महिनायताकै न्यूनतम विन्दुमा झरेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र एनएमबी बैंकको मूल्य ४३ महिनायताकै न्यूनतम हो ।

५२ साताकै न्यूनतम विन्दुमा रहेका कम्पनीहरू:

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button