Main

७० वर्षीया वृद्धाको कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

१४ चैत, रुपन्देही ।  ७० वर्षीया वृद्धाको कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका-७ रामजानकी टोलका २९ वर्षीय प्रभूनाथ थारू रहेका छन् ।

उनलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका  प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

पक्राउ परेका उनलाई  जिल्ला अदालत रुपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले  मंगलबार ७० वर्षीया वृद्धालाई कोठामा सुतिरहेको अवस्थामा कुटपिट गरी भागेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button