Main
९ सय रुपैयाँ घट्यो सुन

२५ असार, काठमाडौं । मंगलबार सुनको भाउ ९ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी आज १८८५ रुपैयाँमा कारोबार भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।