नेपालको ‘अ डिस्ट्रयाक्सन’ अमेरिकी फिल्म फेस्टिभल ‘स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट’को क्वार्टरफाइनलमा

काठमाडौं । नेपाली सर्ट फिल्म ‘अ डिस्ट्रयाक्सन’ अमेरिकाको स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट फिल्म फेस्टिभलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नौ मिनेट ४५ सेकेन्ड लामो यो फिल्मलाई प्रमोद त्रिमूलले निर्देशन गरेका हुन् भने ओमराज राउतले लेखेका हुन् ।
फिल्म क्वार्टरफाइनलमा प्रवेश गरेकोमा लेखक राउतले उत्साह व्यक्त गरे । ‘यो प्रतिष्ठित महोत्सवमा परिचित हुनु साँच्चै नै खुसीको कुरा हो । हामीलाई आशा छ, यो फिल्मले प्रविधिसँग दर्शकको सम्बन्ध र यसले व्यक्तिगत स्थितिमा पार्ने प्रभावलाई प्रतिविम्बित गर्नेछ,’ राउतले भने ।
यो फिल्मलाई सन् २०२२ को कान्स फिल्म फेस्टिभलमा छनोट भएको ‘ला खाउरिया’ र कान्स क्रिटिक्स वीकमा चारवटा पुरस्कार जितेका जुहान कामिलो मोरेनोले खिचेका छन् । बबी लाहोत यसका साउन्ड डिजाइनर हुन् । स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट फिल्म फेस्टिभलमा सामाजिक मुद्दा समावेश भएका फिल्मले प्रतिस्पर्धा गर्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।