Main
नामिबियाविरुद्ध आशिफको अर्धशतक

९ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
५५ बलमा एक छक्का र ८ चौका मद्दतमा उनले ५० रन पूरा गरेका हुन् । ४७ रनका साथ स्ट्राइकमा रहेका उनले १६.५ ओभरमा छक्का छक्का प्रहार गरेसँग ५३ रन पुर्याएका हुन् ।
अहिले नेपालले तीन विकेट गुमाएर ९१ रन बनाएर खेलिरहेको छ । शेख र कुशल मल्लले नेपालको इनिङ सम्हालिरहेका छन् ।
यसअघि नेपालले कुशल भुर्तेललाई १८, अनिल र देव खनाललाई शून्य रनमै गुमाएर दबाबमा परेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।