Main

यु–१६ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

१९ फागुन, काठमाडौं । साफ यू–१६ महिला च्याम्पियनसिपमा घरेलु टिम नेपाल बंगालदेशसँग २–० ले पराजित भएको छ ।

बंगलादेशका लागि २४ औं र ३१ औं मिनेटमा सौरभी अकान्डा प्रितीले गोल गरिन् ।

२४ औं मिनेटमा पहिलो गोल गर्दै प्रितीले बंगलादेशलाई अग्रता दिलाएकी हुन् । खेलको ३१ औं मिनेटमा गोलकिपर झरना डुम्राकोटीले डी बक्समा फाउल गर्दा बंगलादेशले पेनाल्टी पाएको थियो । पेनाल्टीमा प्रितीले सहज गोल गरिन् ।

खेलको दोस्रो हाफमा घरेलु टिम नेपाल केही आक्रामक देखिए पनि गोल भने गर्न सकेन ।

नेपालले साफ यू–१६ अन्तर्गत दोस्रो खेल सोमबार भुटानसँग खेल्नेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button