Main
अर्धशतक बनाउन चुके आसिफ

२२ फागुन, काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालका ओपनर आसिफ शेख अर्धशतक बनाउन ३ रनले चुकेका छन् ।
उनले ३७ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ४७ रन बनाएर आउट भए ।
नेपालका लागि रोहित पौडेलले १९ बलमा २५ र कुशल भुर्तेलले १० रनमा २० रन बनाए ।
यो समाचार तयार पार्दासम्म गुल्शनले १७ बलमा २९ रन बनाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।