Main

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।

राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका विषयमा छलफल गर्न पूर्वपदाधिकारीसहितको बैठक बसेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले उम्मेदवारी दिने वा नदिने भन्ने विषयको टुंगो लगाउने छ ।

यसका साथै, उम्मेलवारी दिनुपर्ने अवस्थामा कसलाई उम्मेदवार बनाउनेबारे पनि छलफल भइरहेको नेताहरूले बताएका छन् ।

यसअघि माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ । 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button