Main

प्रहरीलाई गृहमन्त्रीले भने- गैरकानूनी काम गर्नेलाई कारबाही गर्न मेराे आदेश कुर्नु पर्दैन

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई गैरकानूनी काम गर्नेलाई कारबाही गर्न आफ्नाे आदेश नकुर्न निर्देशन दिएका छन्।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत् यस्ताे निर्देशन दिएका हुन्।

देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरुलाई मेरो अपिल भन्दै गृहमन्त्री लामिछानेले भनेका छन्, ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानूनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन।’

उनले आफूले सलाम गर्न याेग्य काम गर्न बनेका छन्।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button