Main

सुनको मूल्य २ सय बढ्यो

१२ चैत, काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको १ लाख २५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएकोमा शनिबार र आइतबार सार्वजनिक विदाका कारण मूल्य समायोजन गरिएको थिएन ।

सोमबार भने तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १५ सय रुपैयाँ रहेको चाँदी सोमबार १५१५ रुपैयाँ पुगेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button