Main

सुनचाँदीको मूल्य घट्यो

१३ चैत, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुन आज १ लाख २६ हजार ४ सयमा झरेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button