Main
महिला फुटबल टिमको सम्मान

१९ चैत, काठमाडौं । नेपाल स्पोर्टस् फेलोसिपले महिला फुटबल टिमलाई सम्मान गरेको छ ।
गत फागुनमा पश्चिमी एसियाली गल्फ राष्ट्रहरूले खेल्ने वाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेर नेपालको नाम उच्च पारेको भन्दै नेपाल स्पोर्टस् फेलोसिपले इस्टर फेस्ट फेलोसिप-२०२४ अन्तर्गत महिला फुटबल टिमलाई ७५ हजार रुपैयाँ र गिफ्ट ह्याम्परसहित सम्मान गरेको हो ।
वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५-३ ले पराजित भएको थियो ।
खेलकर्मी भेलाको रूपमा आयोजना गरिएको सो कार्यक्रममा नेपालका सबैजसो खेलका करिब एक सयभन्दा बढी खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूको उपस्थिति थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।