Main
भारोत्तोलनका सागर ओलम्पिक छनोट खेल्न थाइल्याण्ड जाँदै

२१ चैत, काठमाडौं । भारोत्तोलन खेलाडी सागर भण्डारीले थाइल्याण्डको फुकेटमा हुने आईडब्लूएफ वर्ल्डकप २०२४ मा प्रतिस्पर्धा गर्ने भएका छन् । मार्च ३१ मा सुरू भइसकेको यस प्रतियोगिता अप्रिल ११ सम्म चल्नेछ ।
ओलम्पिक छनोट पनि रहेको यस प्रतियोगितामा सागरले १०९ केजीमाथिको तौल समूहमा खेल्नेछन् । सागरसँगै थाइल्याण्ड जाने तीन सदस्यीय नेपाली टोलीमा प्रशिक्षक जीवन गौतम र व्यवस्थापक रामसुन्दर श्रेष्ठ रहेका छन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार आयोजित विशेष कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरे । त्यस अवसरमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोससँगै अन्य पदाधिकारीको उपस्थिति थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।