Main
सी डिभिजनको पहिलो ह्याट्रिक रोशनको नाममा, समाज कल्याणको सानदार जित

२५ चैत, काठमाडौं। रोशन क्षत्रीले शहीद स्मारक सी डिभजन लिगको पहिलो ह्याट्रिक गरेपछि समाज कल्याण क्लबले सानदार सुरुवात गरेको छ ।
समाज कल्याण्डले आइतबार एन्फा कबम्प्लेक्समा भएको खेलमा मनोहरा युनाइटेड युथ क्लबलाई ५-० ले हरायो । रोशनले ३४औं, ४३औ र ८०औं मिनेटमा गोल गरे ।
यस्तै निरज परियारले ३९औं र सन्जिव अर्यालले ४०औं मिनेटमा गोल गरे ।
आइतबारै भएको अर्को खेलमा पुल्चोक स्पोर्ट्स क्लबले सामाजिक युथ क्लबलाई ३-० ले हराएको छ ।
पुल्चोकका लागि सुमन श्रेष्ठलेले पहिलो मिनेटमै गोल गरेका थिए । यस्तै श्यारब लो तामाङले १७औं र सागर थिङ ३८औं मिनेटमा गोल गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।