विर्तामोडदेखि काँकरभित्तासम्म ‘ट्रियो र्याली’

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) को आधिकारिक विक्रेता अग्नि ग्रुपले विर्तामोडदेखि काँकरभित्तासम्म थ्री–ह्विलर अटो ‘ट्रियो र्याली’ आयोजना गरेको छ ।
विर्तामोडबाट सुरु भएको र्याली बुट्टाबारी–चराली–धुलाबारी हुँदै काँकरभिट्टासम्म पुगेर पुनः बुधबारे –जयपुर – शनिश्चरे– सुरुङ्गाबाट विर्तामोड आई औपचारिक कार्यक्रमका साथ समापन भएको कम्पनीले जनाएको छ ।
अग्नि ग्रुपका विर्तामोडस्थित आधिकारिक विक्रेता एभरेस्ट अटो ट्रेड प्रालिले आफ्नो कामको क्रममा असाधारण प्रदर्शन गर्ने केही अटो चालकहरूलाई पनि पुरस्कृत गरेको थियो ।
साथै आयस्रोतका लागि विद्युतीय अटो छनोट गरी र वातावरण जोगाउन सहयोग गरेकोमा धन्यवाद दिंदै कार्यक्रममा सहभागी चालकहरूलाई प्रशंसापत्र प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा अग्नि ग्रुपले चालकहरुसँग प्रत्यक्षरुपमा महिन्द्रा इलेक्ट्रिक तीन पाँग्रे अटो ट्रियो झापा क्षेत्रमा बिक्री र सेवाको विकास र विस्तार गर्ने बारेमा छलफल गरेको थियो ।
सोही अवसरमा एभरेस्ट अटो ट्रेड प्रालिले नयाँ दुई ग्राहकलाई महिन्द्रा अटो ट्राइओ हस्तान्तरण समेत गरेको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटन प्रहरी नायव निरीक्ष पूर्ण गौतमले गरेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका महासचिव कुसल खतिवडा, महिन्द्रा लास्ट माइल भारतका प्रतिनिधि चन्दन गुप्ता लगायत समेत उपस्थित थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।