Main

फेवातालमा डुंगा दुर्घटना, एक जनाको सकुशल उद्दार

२९ चैत, काठमाडौं । पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेका एक जनाको सकुशल उद्दार भएको छ ।

अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिदाँ अग्नी देवकोटा तालमा खसेकी थिइन् ।

काठमाडौं सामाखुशीकी २५ वर्षीया देवकोटालाई सशस्त्र प्रहरी बलको टोलीले उद्दार गरेको हो ।

फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरबाट खटिएको टोलीले देवकोटालाई सकुशल उद्दार गरेको हो ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button