Main

उच्च मूल्यमा पुगेर सुन स्थिर

५ वैशाख, काठमाडौं । उच्च मूल्यमा पुगेको सुनको भाउ बुधबार स्थिर रहेको छ । अघिल्लो दिन कायम मूल्यमै बुधबार सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव न्यून रहेपछि नेपाली बजारमा मूल्य स्थिर राखिएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७५० रुपैयाँ रहेको चाँदी आज १ हजार ७१५ रुपैयाँमा झरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button