‘भाषण सुन्न बजार जाने फुर्सद छैन, चियाबगानमा भोट माग्न आउँदैनन्’ (भिडियो)

१२ वैशाख, इलाम । चुनाव खासमा उम्मेदवारको भन्दा बढ्ता जनताको हो, तर इलाम-२ उपचुनावको स्थगलत रिपोर्टिङ तथा अवलोकनका क्रममा हामीले अन्यत्रभन्दा केही भिन्न अनुभूति गर्यौं ।
चोकमा, चियापसलमा भेटिने सर्वसाधारणसँग विगतमा हामीले कुराकानी गर्ने गरेका थियौं । इलाममा भने फुर्सद निकालेर चियापसल जाने मान्छे भेट्नै कठिन । नपत्याए यी भिडियो हेर्नुहोस् । देउमाई नगरपालिकाको पानीटार चियाबगानमा काम गर्ने चियाकिसानलाई पत्ती टिप्न भ्याइनभ्याई छ । उनीहरु अनलाइनखबरको क्यामरातर्फ सिधा हेर्ने फुर्सदमा समेत छैनन् । काम गर्दै, बोल्दै ।
उपचुनावका उम्मेदवारसँग तपाईहरुको भेट भयो त ?
हाम्रो प्रश्नमा किसानको जवाफ थियो, ‘भाषण सुन्न बजार जाने फुर्सद छैन, चियाबगानमा भोट माग्न आउँदैनन् ।’
त्यस्तै दुग्ध किसान र अन्य मतदातालाई भेट्न हामी विभिन्न ठाउँमा पुग्यौं । चिया किसानले उत्पादनको मोलभाउ पाउन नसकेको गुनासो साझा गरे । दुध किसानले ५–६ महिनायता पैसा पाउन नसक्दाको मर्का सुनाए । ‘चुनाव त फेरि पनि आयो, हाम्रो दुधको पैसा चाहिँ कहिले आउने हो ?’ इलाम सुम्वेकका किसानको गुनासो छ ।
बाटो, बिजुली नहुनेहरुको पीडा त अलग्गै छ । माङ्सेबुङमा हामीले गरेको यो भिडियो वार्तामा त्यो पीडा व्याप्त छ ।
अनि बाटोको सहजतामा चकाचौंध प्रगति गरिरहेका नागरिकले चाहेका मागहरु पनि हामीले समेटेका छौं ।
उम्मेदवारहरुको अन्तर्वार्ताबीच पढौं आम मतदाता र नागरिकका यी गुनासा, प्रश्न र आकांक्षा ।
भिडियो : आर्यन धिमाल
– यस समाचारको श्रोत : Online Khabar हो ।