Main
बलिउड गायिका कनिका कपुरले नचाइन् काठमाडौं

काठमाडौँ । बलिउड गायिका कनिका कपुरले काठमाडौंमा सांगीतिक प्रस्तुति दिएकी छन् । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘कनिका कपुर साँझ’मा उनले दर्शक नचाइन् ।
उक्त कन्सर्टमा आफ्नो दर्जन बढी लोकप्रिय गीत प्रस्तुत गरिन् । डेढ घण्टा स्टेज तताएकी कनिकाले आफ्ना हिट गीतहरु चिटिया कलैया, बेबी डल, लव लेटर, देशी लुक्स लगायतका हिट बलिउड ट्रयाक गाइन् ।
तपस्या इन्टरटेनमेन्टले उनलाई नेपाल ल्याएको हो । नेपाली दर्शकलाई मनोरञ्जन दिने र पर्यटन प्रवर्धनको उद्देश्यले कनिकालाई नेपाल ल्याएको आयोजक संस्थाका निर्देशक अभिषेक झाले बताए । उनी पहिलोपटक नेपाल आएकी हुन् । उनी आइतबार बिहानै भारत फर्किएकी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।