Main

महिला लिग छनोटमा बागमतीको लगातार पाँचौं हार

१७ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुर्खेतमा भइरहेको महिला लिग छनोट प्रतियोगितामा बागमती प्रदेशले लगातार पाँचौं हार व्यहोरेको छ ।

सुर्खेतको कर्णाली स्टेडियममा सोमबार भएको खेलमा बागमती प्रदेश गण्डकी प्रदेशसँग ३–० ले पराजित भएको हो ।

गण्डकीको जितमा पूर्णिमा थापाले ७९औं, संगीता विकले ८४औं र सुक्रिया मियाँले ८९औं मिनेटमा गोल गरे ।

तेस्रो जितपछि गण्डकी ५ खेलबाट ६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

बागमतीले अब अन्तिम खेलमा अपराजित टोली कोशी प्रदेशको सामना गर्नेछ । ५ खेलबाट १३ अंक जोडेर शीर्ष स्थानमा रहेको कोशी राष्ट्रिय महिला लिगका लागि छनोट भइसकेको छ ।

सात प्रदेश सहभागी प्रतियोगितामा शीर्ष तीन टोली राष्ट्रिय महिला लिगका लागि छनोट हुनेछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button