Main

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

२६ वैशाख, काठमाडौं । स्रोत नखुलेको स्वदेशी तथा विदेशी मुद्रासहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक याओ लिआङग्लिन र भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का दीपेन्द्र श्रेष्ठ छन् ।

याओ क्षेत्रपाटीस्थित जिसाङ सु होटल एण्ड रेस्टुरेन्ट प्रालिका सञ्चालक समेत हुन् । उनीबाट ३७ लाख ८१ हजार ३५० हजार नेपाली रुपैयाँ, १२ हजार भारु, २ हजार थाई भाट, ३५० अमेरिकी डलर र ३ हजार २७० चाइनिज युआन बरामद भएको प्रहरीले जनाएको छ ।

होटल चेङ्दु प्रालिमा दीपेन्द्र श्रेष्ठको साथबाट स्रोत नखुलेको ९ लाख रुपैयाँ बरामद गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होबिन्द्र बोगटीले बताए ।

उनीहरूलाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button