Main
तेक्वान्दो टोली भियतनाम प्रस्थान

३० बैशाख, काठमाडौं । भियतनाममा हुने आठौं एशियान पुम्से तेक्वान्दो प्रतियोगितामामा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जेठ १ र २ गते आयोजना हुने प्रतियोगितामा प्रतियोगितामा ४० वर्ष मुनीको उमेर समुहको व्यक्तिगत पुम्सेमा आयसा शाक्यले प्रतिष्पर्धा गर्ने छिन् । यस्तै ३० वर्ष मुनीको जोडी तथा व्यक्तीगत पुम्सेमा निसा दर्नाल र अश्मिन राउतले भाग लिने छन् ।
विश्व तेक्वान्दो तथा एशियन तेक्वान्दो युनियनले आयोजना गरेको प्रतियोगितामा भाग लिन खेलाडीहरु आईतबार राती नै त्यसतर्फ प्रस्थान गर्ने छन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।