Main
नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा डा. लेखनाथ शर्मा नियुक्त

३ जेठ, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा. डा. लेखनाथ शर्मा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी थिंकट्यांकको रुपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
शर्मा खुला विश्वविद्यालयका पूर्व उपकुलपति हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।