Main

बार्सिलोनाको जितमा लोपेजको दुई गोल

४ जेठ, काठमाडौं । फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा अल्मेरियालाई २-० ले पराजित गरेको छ । अल्मेरियाको मैदानमा गएराति भएको खेलमा बार्सिलोनालाई जिताउन लोपेजले १४औं र ६७औं मिनेटमा गोल गरे ।

ला लिगाको उपाधि रियल मड्रिडले जितिसकेको अवस्थामा बार्सिलोना अब दोस्रो बन्ने होडमा छ । ३६ खेलबाट ७९ अंक जोडेर बार्सिलोना दोस्रो स्थानमा छ । लिगमा अब दुई चरणको खेल बाँकी हुँदा बार्सिलोनाले तेस्रो स्थानको गिरोनामाथि ४ अंकको अग्रता बनाएको छ ।

च्याम्पियन बनिसकेको रियलको ३६ खेलबाट ९३ अंक छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button