Main
जाभीको अन्तिम खेलमा बार्सिलोना विजयी

१४ जेठ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत सिजनको अन्तिम खेलमा बार्सिलोनाले सेभियालाई २-१ ले पराजित गरेको छ ।
यो जितपछि प्रशिक्षक जाभीको बिदाइ सुखद् बनेको छ । जाभीले यसअङि नै क्लब छाड्ने पक्का भइसकेको छ ।
सेभियाको मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले गोल गरे । सेभियाको लागि युसेफ एन नासरीले गोल गरे ।
बार्सिलोनाले जितपछि ३८ खेलबाट ८५ अंक जोड्दै उपविजेता बन्यो । रियल मड्रिड ९५ अंक जोडेर लिगको च्याम्पियन बन्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।