Main

बुटवलका व्यवसायीले गरे गुल्मीको धार्मिक र पर्यटकीय स्थलको भ्रमण

२७ जेठ, गुल्मी । उद्योग व्यापार संघ बुटवलको एक टोलीले गुल्मीको रेसुंगा नगरपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरेका छन् ।

संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संस्थाको वार्षिक कार्यक्रम अनुसार संघ संस्था भेटघाट र आन्तरिक पर्यटन प्रवद्र्धन अन्तर्गत रेसुंगा तपोभूमि लगायतका स्थानको अवलोकन भ्रमण गरिएको बताए ।

रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले निजी क्षेत्रको साथ र सहकार्यले मात्रै समग्र देशको विकास हुने बताए ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बुटवल व्यवसायको र गुल्मी धार्मिक पर्यटनको हब भएकाले व्यवसाय र पर्यटनमा सहकार्य जरुरी रहेको बताए ।

उद्योग व्यापार संघको टोलीले रेसुंगा तपोभूमि, रेसुंगा पार्क भ्रमण गर्नुका साथै रेसुंगा होम स्टेमा बास बसेका संघका महासचिव यमलाल मरासिनीले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button