राष्ट्रिय गोल्डेन एथ्लेटिक्स असार ३ र ४ गते

२९ जेठ, काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय गोल्डेन एथ्लेटिक्स मिट,२०२४ असार ३ र ४ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने भएको छ ।
एथ्लेटिक्स परिवार नेपालले सञ्चालन गर्ने यस पटकको प्रतियोगितामा महिला तथा पुरुष खुल्ला र ४० वर्ष माथिका भेट्रान खेलाडीहरुबीच विभिन्न इभेन्टहरुमा प्रतिस्पर्धा हुनेछ ।
नेपाली एथ्लेटिक्स जगतमा अहिले सम्मकै धेरै इभेन्ट समावेश भएको तेस्रो राष्ट्रिय गोल्डेन एथ्लेटिक्स मिटमा तिन वटै विभागीय टिम, प्रदेशहरु र विभिन्न निकायहरुका करिब ३०० खेलाडीहरुको सहभागिता रहने छ ।
ट्रयाक एण्ड फिल्डमा ५२ वटा इभेन्ट समावेश २ दिने प्रतिस्पर्धामा विजयी खेलाडीहरुलाई पदक, प्रमाणपत्रको साथै नगद पुरस्कार र उपहारहरु प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालन गर्न २० लाख खर्च हुने आयोजकको अनुमान छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।