Main

संसद्‌मा दुई नयाँ विधेयक दर्ता

२ असार, काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभामा दुई वटा नयाँ विधेयक दर्ता भएको छ ।

ऊर्जा मन्त्रालयले आइतबार दुई विधेयक संसद्‌मा दर्ता गरेको हो ।

जलस्रोत सम्बन्धी प्रचलित कानुननाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ ।

त्यस्तै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको संसद् सचिवालयले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button