Main

दोलखामा खेलकुद पुस्तक विमोचन

१६ असार, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र बागमती प्रदेशकी पूर्वसामाजिक विकास मन्त्री सरस्वती बस्नेत दोलखामा खेलकुद नामक पुस्तक विमोचन गरेका छन् ।

सो अवसरमा सदस्य–सचिव घिसिङले हरेक जिल्लाले आफ्नो खेल गतिविधि समेटेर पुस्तक प्रकाशन गर्ने हो भने समग्र देशको खेलकुद बारे बुझ्न सहज हुने धारणा व्यक्त गरे ।

साथै घिसिझले आफ्नो कार्यकालमा तीन पुस्तक प्रकाशन भइसकेको र बाँकी २ पुस्तक प्रकाशको तयारी भइरहेको बताए ।

पूर्व मन्त्री बस्नेतले व्यक्तिसंगै राष्ट्रलाई पनि विश्वमाझ चिनाउन खेलकुदले महत्वपूर्ण योगदान गरिरहेको धारणा व्यक्त गरिन् ।

लेखक विकास तामाङ मोक्तानले पुस्तक विक्रीबाट संकलन भएको रकमबाट दोलखाका खेलाडीलाई सहयोग गर्न कोष स्थापना गर्ने सोच रहेको बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button