Main

राष्ट्रिय उसुमा विजयलाई स्वर्ण

२० असार, काठमाडौं । नेपाल आर्मीका विजय सिन्जालीले १६औं राष्ट्रिय उसु प्रतियोगिताको पुरुष छानछ्वान्मा बिहीबार स्वर्ण जितेका छन् ।

यस विधामा एपीएफका विपन थापाले रजत तथा बागमती प्रदेशका हिमान्शु खड्काले कास्य जिते ।

नेपाल उसु महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भइरहेको प्रतियोगिताको सान्डातर्फ सेमिफाइनल चरणका सम्पूर्ण खेल सम्पन्न भएको छ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button