त्रियोग बुद्धिचाल सम्पन्न

४ साउन, काठमाडौं । त्रियोग स्कुलको आयोजनामा सम्पन भएको अन्तरविद्यालय प्रतियोगितामा कक्षा १–३ छात्रा समूहमा इम्पेरियल वर्ल्डकी अग्रता आचार्य प्रथम भएकी छन् ।
त्यस्तै यूरो हात्तिगौँडाकी रुस्बेरी चौलागाई द्वितीय तथा पेभिलियनकी अधिरा पौडेल तृतीय भइन् । सोही समूहको छात्रतर्फ ल्याबोरेटरीका अंकुर पोखरेल प्रथम, त्रियोगका प्रशुन मल्ल द्वितीय तथा काठमाडौं गुरुकुलका सुनभ ओझा तृतीय भए ।
कक्षा ५–४ छात्रा समूहमा नितिन मेमोरियलकी नन्दा श्रेष्ठ प्रथम, यूरो हात्तिगौँडाकी कृसा श्रेष्ठ द्वितीय तथा मार्भेलसकी सोनालिका सराफ तृतीय भइन् । सोही समूहको छात्रतर्फ माछापुच्छ्रे आईबीका साहास श्रेष्ठ प्रथम, पुष्प सदनका हार्दिक पन्त द्वितीय तथा पेभिलियनका लक्ष्य मोरे तृतीय भए ।
कक्षा ६–७ छात्रा समूहमा मार्भेलसकी निहाना श्रेष्ठ प्रथम, त्रियोगकी परिधि खत्री द्वितीय तथा मार्भेलसकी कृष्ति रिजाल तृतीय भइन् । सोही समूहको छात्रतर्फ पाठशालाका ओस्कार पन्थी प्रथम, त्रियोगका आभास रिमाल द्वितीय तथा त्रियोगकै सम्पन्न बज्रचार्य तृतीय भए ।
कक्षा ८–१० छात्रा समूहमा त्रियोगकी रिया श्रेष्ठ प्रथम, त्रियोगकै कृपा बेलबासे द्वितीय तथा डीएभीकी प्रज्ञा पन्त तृतीय भइन् । सोही समूहको छात्रतर्फ मनकामनाका प्रतिक सुवेदी प्रथम मोडर्न इन्डियनका आशीष गुप्ता द्वितीय तथा क्रियटिभका सफल महर्जन तृतीय भए ।
त्यसैगरी आयोजक त्रियोग हाइस्कुल कक्षा ६–७ र कक्षा ८–१० समूहको समूहविजेता भयो । र मार्भेलस स्कुल कक्षा ५–४ को समूह विजेता तथा यूरो स्कुल हात्तिगौँडा कक्षा १–३ स विजेताको उपाधि हात पार्न सफल भए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।